माओवादीले चुनावी घोषणापत्र तिहारलगतै ल्याउने
नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा चुनावको घोषणापत्र तिहारलगतै ल्याउने भएको छ । घोषणापत्रको सबै कार्य सम्पन्न भएपनि प्रावधिक कारण तिहारपछि मात्रै मतदाता समक्ष पुग्ने भएको बताएको छ । दलहरुले घोषणापत्र ल्याउन ढिला गरेको भन्दै आलोचना भइरहेको अवस्थामा माओवादीले समेत ढिलागरी घोषणापत्र ल्याउन लागेको हो ।
‘पार्टीको घोषणापत्र लेखन र सम्पादनको काम सम्पन्न भइसकेको छ । अब थप्नुपर्ने कन्टेन्ट केही छैन । सबै तयार छ । घोषणापत्रमा केही स्केचहरु राख्नुपर्ने भएकाले ढिला भयो । त्यो काम भइरहेको छ’ घोषणापत्र लेखन समितिका एक सदस्यले भने, ‘तिहारलगतै पार्टीको घोषणापत्र उम्मेदवारमार्फत मतदाता समक्ष पुर्याउँछौ । त्यसपछि माओवादीको ५ वर्षे विकास र समृद्धिको रोडम्याप जनतालाई जानकारी गराउनेछौंं ।’
माओवादीले पार्टीका जनवर्गीय संगठन, विभाग र विभिन्न ११ क्षेत्रका विषय विज्ञसँग छलफल गरेर घोषणापत्र तयार गरेको हो । सबै क्षेत्र र पेशा व्यवसायलाई समेट्नेगरी ५ वर्षे योजना घोषणापत्रमार्फत आउने ती सदस्यले बताए । एमाले, कांग्रेसले पनि पार्टीको घोषणापत्र तिहारलगतै ल्याउने तयारी गरेका छन् ।
२०७४ सालको चुनावमा माओवादीले वाम गठबन्धन (एमाले र माओवादी) मार्फत घोषणापत्र ल्याएको थियो । तर, अहिले लोकतन्त्रिक गठबन्धन बनाएपनि पार्टीको आफ्नै घोषणापत्र ल्याउन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी नाकाबन्दीविरुद्ध समर्थन गर्न विश्व समुदायलाई क्युबाको अपिल
-
कलाकार शारदा गिरी ‘काली बुढी’लाई ‘दुर्गादेवी–पुण्य निरौला स्मृति पुरस्कार’ दिइने
-
अभिषेक गिरीले कसरी जोडे जताततै घरजग्गा ?
-
सुन प्रतितोला ९ सय रुपैयाँ घट्यो, चाँदी ५५ रुपैयाँ सस्तो
-
टी–२० क्रिकेटमा भारतको रनका आधारमा इतिहासकै सबैभन्दा ठुलो हार
-
फुटबल, साना देश, साँघुरो सोच र सामाजिक रूपान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण