रौतहटमा भव्यताका साथ मनाइँदै छठ, सुरक्षार्थ २ हजार बढी जनशक्ति परिचालन
आइतबार, १३ कात्तिक २०७९, १० : १९
रौतहटमा छठ पर्वको भव्य तयारी गरिएको छ। नदी, तलाउ वा पवित्र जलकुण्डमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई प्रारम्भ हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिई सम्पन्न गरिन्छ । छठ पर्वको अवसरमा जिल्लामा कुनै अप्रिय घटना हुन नदिन दुई हजार बढी सुरक्षाकर्मी जनशक्ति परिचालन गरिएको छ।
रौतहटमा हाल कपडा, खाद्यान्न तथा फलफुलका पसलहरूमा किनमेल गर्ने ग्राहकको भिड देखिएको छ । त्यसैगरी अहिले गौर, चन्द्रनिगाहपुर, गरुडा, कटहरिया, शिवनगरका साथै सीमावर्ती भारतिय बजार बैरगनिया,कुण्डवा चैनपुर,घोडाशहनमा पूजा सामग्री, किराना सामान तथा कपडा किनमेल गर्नेहरुको चहलपहल निकै बढेको छ ।
यसपटक पूजा सामग्रीहरु, फलफूल मिठाइ, छठ पर्वमा प्रयोग हुने बांसको दौरा, सुपरी, माटोको बर्तन, कलश, ढकनाको भाउ आकासिएको छ । त्यसैगरी हरियो तरकारीको मूल्य निकै बढेको स्थानीयले गुनासो गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण