शताब्दी अन्त्यसम्म तापमान २.५ डिग्रीले बढ्ने
यो शताब्दीको अन्त्यसम्म विश्वको तापमान २.५ डिग्री सेन्टिग्रेडले बढ्ने देखिएको छ। विश्वका १९३ देशले कार्बन उत्सर्जन कटौतीमा व्यक्त गरेका प्रतिबद्धताको लेखाजोखा गर्दा तापमानमा यो बढोत्तरी हुने प्रक्षेपण गरिएको हो।
जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताका पक्षधर राष्ट्रहरूले सेप्टेम्बर २३ सम्म संयुक्त राष्ट्रसंघलाई बुझाएको उत्सर्जन कटौतीसम्बन्धी राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडिसी) लाई समीक्षा गर्दा यो हिसाबले तापमान बढ्ने देखिएको हो । गत साता सार्वजनिक गरिएको तथा जलवायु परिवर्तन हेर्ने राष्ट्रसंघीय निकाय 'युएन क्लाइमेट चेन्ज'ले गरेको उक्त समीक्षात्मक अध्ययनका अनुसार सन् २०१० को तुलनामा २०३० सम्म उत्सर्जन १०.६ प्रतिशतले बढ्नेछ। गत वर्ष गरिएको समान प्रकृतिको अध्ययनले उत्सर्जन १३.७ प्रतिशतले बढ्ने देखाएको थियो। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण