इन्धन आयातले भारतसँग व्यापार घाटा चुलिँदो
सोमबार, १४ कात्तिक २०७९, ०६ : १६
चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको कुल व्यापार घाटा ३ खर्ब ५९ अर्ब १७ करोड ८१ लाख ९ हजार पुगेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा भने १३ प्रतिशतले व्यापार घाटा कम भएको छ ।
गत साउन, भाद्र र असोजमा ४ खर्ब ९९ करोड ८३ लाख रुपैयाँबराबरको आयात भएको छ भने सोही अवधिमा नेपालबाट ४१ अर्ब ८२ करोड १ लाख ९३ हजार रुपैयाँबराबरको मात्र निर्यात भएको छ ।
सो अवधिमा देशको कुल व्यापार ४ खर्ब ४२ अर्ब ८१ करोड ८४ लाखबराबर भएको विभागको तथ्यांकमा उल्लेख छ । यो गत आर्थिक वर्ष २०७८÷ ७९ को तुलनामा १८ दशमलव ५४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तुलनामा आयात निर्यात व्यापार घटेकाले व्यापार घाटा पनि घटेको हो । यो समाचार राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण