डोल्पामा आहाराको अभावमा मरे चौँरी र नाउर
उपल्लो डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुन्जको माथिल्लो भागमा चौँरी र नाउर मरेको फेला परेका छन् । सेतक चिनी सङ्कलन कर्ताले चौँरी र नाउरलाई घाँस खाना नदिएर हिमालतिर लखेटेपछि आहाराको अभावमा चौँरी, नाउर मरेको शे फोक्सुण्डो गाउँपालिका –८ का पेम्बा गुरूङले जानकारी दिए ।
चरिचरणका लागि जङ्गलमा छाडिएका चौँरीलाई हिमालतिर लखेट्दा हिमालमा हिउँका कारण आहारा नपाएर चौँरी र नाउर मरेको उनको भनाइ छ । आफ्नो मात्र सातवटा चौँरी मरेको उनले बताए । यहाँका स्थानीयवासीले पालन गर्दै आएका धेरै चौँरी मरेको उनले जानकारी दिए ।
चौँरी खोज्दै जाँदा शे फोक्सुण्डो गाउँपालिका–८ सागबारी (मान्नागखिया) मा चौँरी मरेको फेला परेको पीडित किसानले बताएका छन् । घाँस पाइने ठाउँमा चरिचरण गर्न नदिने र हिमालमा हिउँका कारण घाँस नपाउने भएपछि चौपाया मरेको स्थानीयवासीले बताए ।
केहीले सेतक चिनी खाएर पनि मरेको बताएका छन् । जथाभावी सेतक चिनी सङ्कलन गरेर जनावरलाई चरिचरण क्षेत्र नै सखाप पार्ने अवस्था अन्त्य गर्नुपर्ने स्थानीय अनुगबहादुर लामाले बताए ।
चरिचरण क्षेत्र मास्दै जाने हो भने चौपायपालनमै समस्या हुने उनको भनाइ छ । उपल्लो डोल्पामा ढुवानी र दूधका लागि चौँरीपालन गरिन्छ । मासु र कपडा निर्माणका लागि भेडाच्याङग्रापालन हुँदै आएको छ । नाउर हिउँ चितुवाको मुख्य आहारा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँबाट अमेरिका पठाउने नाममा ठग्ने गिरोह सक्रिय
-
मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि प्रदेशसभा बैठक स्थगित
-
झारखन्डका पूर्वमुख्यमन्त्री सोरेनलाई अदालतको झट्का
-
सरकारको आँकलन : एक वर्षको अवधिमा विपद्बाट १ अर्ब २३ करोड रुपैयाँको क्षति
-
लोकसभा निर्वाचनः राहुल गान्धीले रायबरेलीबाट दर्ता गराए उम्मेदवारी
-
एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर