सन्दीपविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता
बालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले एक हप्ताअघि नै अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो। लामिछानेविरुद्धको मुद्दामा सोमबारदेखि नै थुनछेक बहस सुरु हुने भएको छ । उनले प्रहरी हिरासतबाटै आफूमाथि अदालतमा परेको मुद्दा लड्ने भएका छन् ।
प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधान रहेअनुसार १२ वर्षसम्मको कैद सजाय मागदाबी हुनुपर्ने उल्लेख गरिएको थियो ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा १७ वर्षीया बालिकाले २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्। सन्दीपले २० असोजमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । उनले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण