नेपालटारमा बस र जिप ठोक्किँदा १ जनाको मृत्यु
सोमबार, १४ कात्तिक २०७९, १४ : ५७
काठमाण्डौको तार्केश्वर नगरपालिका–२ नेपालटार भेडीगोठमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । काभ्रेस्थलीबाट जरङखुतर्फ जाँदै गरेको बा २१ च ५१०६ नम्बरको जिप आज बिहान १० बजे अचानक पल्टिएर बिपरित दिशाबाट आँउदै गरेको बा ५ ख २३५ नम्बरको बसमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भिर घाइते भएका जिप चालक मकवानपुर घर भइ काभ्रेस्थली बस्ने २६ वर्षीय सुनिल तामाङको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा आज दिउसो सवा १२ बजे मृत्यु भएको हो । घाईते भएका जिपका परिचालक काभ्रेस्थलीका २४ वर्षीय बिकेश तामाङको सोहि अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण