‘भाइरल’ पुलको व्यथा
आइतबारदेखि सामाजिक सञ्जालमा एउटा फोटो ‘भाइरल’ भएको छ । आधा भत्किएको झोलुङ्गे पुलको बीचबाट पुलमा चढ्न मिल्ने गरी बनाइएको आकर्षक काठेपुल रमाइलो विषय बनेको छ । तर त्यस्तो पुलको दुःखको कथा अर्कै छ । कर्णाली प्रदेशको कालीकोट जिल्लाको जिते कर्णालीमा कर्णाली नदी तर्नका लागि स्थानीयले गरेको वैकल्पिक व्यवस्था यो पुल रहेको छ ।
गत असोज १९ यता लगातार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले उक्त पुल भत्काएको थियो । त्यही पुलबाट कर्णाली वारपार गर्न योग्य बनाउन सङ्घीय, प्रदेश र स्थानीय सरकार कसैको आँखा परेन ।
त्यसपछि स्थानीय नरजङ्ग मल्लको पहलमा काठको भ¥याङ निर्माण गरेर वारपार गर्न मिल्ने गरी वैकल्पिक पुल निर्माण भएको हो ।
बाढीपहिरोले पुलको आधा भागमा लट्ठाबाहेक सबै बगाएको थियो । पुलका लट्ठा मात्र बाँकी रहँदा पनि कसैको ध्यान नगएपछि आफूले नागरिकको सहज यात्राका लागि भ¥याङ भए पनि बनाएर आउजाउ गर्न सहज बनाइदिएको मल्लले बताए ।
उनका अनुसार पुल नहुँदा नागरिक पैदल हिँडेर तिला नदीको पुल हुँदै लालीघाटको पुल तरेर जान बाध्य थिए । कोरिडोर खुलेको खण्डमा जितेको पुलको आवश्यकता हुन्छ तर बाढीले पुलको आधा भाग बगाएकाले आउजाउ गर्न नसक्ने अवस्थाको थियो ।
कात्तिक ४ गते बसेको विपत् व्यवस्थापन समितिको बैठकबाट जितेलगायतका तीनवटा पुलमा मानिस आउजाउ गर्न नसक्ने भएकाले तत्काल कर्णाली प्रदेश सरकार, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयलाई मर्मतका लागि पत्राचार गरिएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा कमजोर देखियो स्वीडेन, एम्बाप्पेले गरे गोल
-
प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण