अङ्ग दानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्छ : मन्त्री श्रेष्ठ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मानव अङ्ग दान गर्ने कामलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् । किड्नीलगायतका अङ्गहरू फेल भएर बसेकाहरूको पुनर्जन्म हुने भएकाले मृत्यु पर्यन्त अङ्ग दान गर्ने कार्यलाई अभियानको रूपमा अघि बढाउन उपयुक्त हुने उनको भनाई थियो ।
मारबाडी सेवा समितिले मंगलबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले भने, ‘हामीसँग निश्चित अङ्गहरू छन् । ती मृत्यु पछि पनि प्रयोग हुँदो रहेछ । र, त्यसलाई प्रयोग गर्न सक्दा खेरी पीडामा रहेकाहरूलाई नयाँ जीवन दिन सकिँदो रहेछ । किड्नी पनि एउटा पक्ष रहेछ । यदि हामीले हाम्रा किड्नीहरू, कलेजोहरू हामीले मृत्यु पछि दिन सक्छौँ । र, त्यो दिएको कुराहरूले अर्को मान्छेलाई हामीले पुनर्जीवन दिन सक्छौँ । त्यो कामलाई हामीले व्यापकता दिन सक्यौँ भने त्यो हामीले धेरै ठुलो सेवा गर्न सक्ने, पुनर्जन्म दिन सक्ने मानवीय सेवा हुँदो रहेछ । मानव अङ्ग दान गर्ने अभियानको रूपमा लैजान सक्यौँ भने तन्दुरुस्त मान्छेको रूपमा पनि हामीले अगाडि बढाउन सक्छौँ । त्यो काममा लाग्नु पर्दछ । ’
मन्त्री श्रेष्ठले अङ्ग दान गरेर अरुको जीवन दान गर्नु ठुलो मानवीय सेवा भएकाले यसलाई व्यापक बनाएर लैजानुपर्ने बताए । त्यस अवसरमा उनले मानवीय सेवाको क्षेत्रमा मारबाडी समुदायले खेल्दै आएको भूमिकाको पनि चर्चा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण