मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : विप्लवले चुनाव बिथोल्ने चिन्ता, शासकीय स्वरूप र निर्वाचन प्रणालीमाथि प्रश्न

बुधबार, १६ कात्तिक २०७९, २० : २३
बुधबार, १६ कात्तिक २०७९

 

आज २०७९ कात्तिक १६ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

‘नो नट अगेन’मा अदृश्य शक्तिको खेल

गत भदौं ८ गते ‘नो नट अगेन’को पेजमा अबको निर्वाचनबाट स–सम्मान विदा गरौँ भनेर झलनाथ खनाल, बाबुराम भट्टराई, केपी ओली, माधव नेपाल, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको फोटो राखेर बनाइएका पोष्टर पहिलोपटक पोष्ट भएको थियो । ‘नो नट अगेन’ फेसबुक पेजमा त्यसअघिस्थानीय तह निर्वाचनका बेला काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र धरान उपमहानगरपालिका उम्मेदवार हर्क सामपाङको पक्षमा पोष्टरहरु बनाएर पोष्ट गरिएको देखिन्छ । 

स्वास्थ्य कति प्राथमिकतामा ?

आसन्न निर्वाचनलाई ध्यानमा राखेर प्रत्येक राजनीतिक दलले आफ्नो घोषणापत्र २०७९ प्रकाशनमा ल्याइसकेका छन् । उनीहरूले आम जनताका समस्यालाई सम्बोधन गर्ने तरिकाले आआफ्ना घोषणापत्र तयार पारेका हुन् । राजनीतिक दलहरूले यसअघिका चुनावी एजेन्डाहरू धेरै नै आदर्शवादी थिए, जो पूरा गर्न निकै कठिन भए पनि चुनावी भाषणहरूमा जनताका मन जित्ने कोसिस भने गरेका थिए । तर यो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन घोषणापत्र २०७९ मा सकेसम्म यथार्थवादी भएर आफ्ना एजेन्डा पेस गरेका देखिन्छन् । 

राजनीतिज्ञ भर्सेस उद्योगपति

प्रतिनिधिसभातर्फ नवलपरासीको क्षेत्र नम्बर १ मा पाको राजनीतिज्ञ र धनाढ्य उद्योगपतिबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यहाँबाट पाको तथा अनुभवी राजनीतिज्ञका रुपमा जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र देशकै ठुला उद्योगपति विनोदकुमार चौधरी प्रतिस्पर्धामा उत्रिएका छन् ।

शासकीय स्वरूप र निर्वाचन प्रणालीमाथि प्रश्न

नेपालको शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्ने विषय दलहरुले जोडतोडका साथ आफ्नो घोषणापत्रमा समेटेका छन् । आगामी मंसिर ४ गतेको चुनावलाई लक्षित गर्दै घोषणापत्र सार्वजनिक गर्ने क्रममा दलहरुले शासकीय स्वरूप र निर्वाचन प्रणाली फेर्ने विषयलाई प्राथमिकतामा राखेका हुन् ।

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा थुनछेक बहस नसकिएपछि अब बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । 

विप्लव समूहले चुनाव बिथोल्ने चिन्ता

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन बिथोल्ने  विप्लव समूहको निर्णयपछि निर्वाचन आयोगले सुरक्षा निकायसँग छलफल गरेको  । बुधवार आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसबारे जानकारी दिएका हुन् । 

मृत्युको हल्लाले पीडा 

यो मेरो नयाँ जीवन हो । १२ दिन अस्पतालको बसाइँपछि मृत्युलाई जितेर म घर फर्किन सफल भएँ । घर फर्किएको ४ दिन भयो । अस्पतालमा रहँदा त मृत्युको मुखमा नै पुगेको फिल भएको थियो । बाँच्दिन कि भन्ने लाग्थ्यो । डिस्चार्ज भएपछि चाहिँ अब केही हुँदैन भन्ने आत्मबल बढेको छ ।

नेप्सेमा वृद्धि

तिहारपछि खुलेको सेयर बजार लगातार तेस्रो दिन पनि धनात्मक भएको छ । सोमबार र मंगलबार क्रमशः १६ र ५६ अंकले बढेको नेप्से सूचक तेस्रो दिन बुधबार थप ७ अंकले बढेको हो । 

बाहिरियो २३ अर्ब

बैंकहरुका ११ दिनमा २३ अर्ब रूपैयाँ बाहिरिएको छ । नेपाल बैंकर्स संघका अनुसार गत असोज ३१ गतेदेखि कात्तिक ११ गतेसम्ममा वाणिज्य बैंकहरुबाट २३ अर्ब रूपैयाँ बाहिरिँदै कुल ४५ खर्ब २४ अर्ब निक्षेप कायम भएको हो । 

प्रचार सामग्री बनाउन भ्याइनभ्याइ

आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि दलहरूले बिहीबारदेखि चुनाव केन्द्रित प्रचारप्रसारलाई व्यापक बनाउन पाउने भएका छन् । उम्मेदवारहरूले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप