उपलब्धि संस्थागत गर्न संघर्ष अझै जारी छ : उपेन्द्र यादव
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस विद्रोह लगायत अन्य विभिन्न आन्दोलनले ल्याएको उपलब्धि संस्थागत गर्न अझै संघर्षको खाँचो रहेको औंल्याएका छन् । राजविराजमा आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै उनले शासन प्रणालीमा सुधार, समान अवसर प्राप्ति र मधेसमा विकासको लागि संघर्ष आवश्यक रहेको बताए ।
सप्तरी–२ का लागि प्रतिनिधिसभा सदस्यमा उम्मेदवार समेत रहेका उनले अवसरबाट बञ्चित समुदाय अघि बढ्न नसक्ने बताउँदै आफूले मधेसलाई आधारभूमि बनाएर हिमाल, पहाडमा रहेका उपेक्षित उत्पीडित, दलित, अल्पसंख्यकको अधिकारका लागि संघर्ष गरिरहेको बताए ।
विभिन्न आन्दोलनको बलमा संघीयता र गणतन्त्रजस्ता उपलब्धि हासिल भए पनि तराई मधेसमा जनसंख्याको अनुपातमा बजेट नदिएको गुनासो गर्दै उनले समानुपातिक ढंगले बजेट नदिएका कारण मधेस विकासमा पछाडि परेको बताए । उनले भने, ‘५३ प्रतिशत जनसंख्या भएको मधेसमा १८ प्रतिशत मात्र लगानी भइरहेको छ ।’
मुलुकका सात प्रदेशमध्ये पहिचानका आधारमा एकमात्र मधेस प्रदेश बन्नु मधेसका लागि गौरवको विषय रहेको भन्दै उनले सप्तरीलाई शिक्षा र स्वास्थ्य क्षेत्रको हब बनाउने आश्वासन दिए । अध्यक्ष यादवले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, इन्जिनियरिङ्ग कलेज, कृषि विश्वविद्यालय, नर्सिङ कलेज लगायतको काम पूरा भएपछि जिल्लामा विकासले गति लिने दाबी पनि गरे ।
जिल्लामा रहेको औद्योगिक क्षेत्रको पूर्ण क्षमताका साथ सञ्चालन तथा औद्योगिक वातावरणका लागि भारतीय सीमावर्ती क्षेत्र न्यौरदेखि सप्तरीको राजविराज हुँदै गाईघाट सोलु जोड्ने सडक निर्माणको काम अगाडि बढिसकेको उनले बताए ।
कार्यक्रममा पार्टीका नेता एवम् राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादव, जसपाका प्रवक्ता मनिषकुमार सुमन, पूर्व सांसद एवम् प्रदेशसभा सदस्य उम्मेदवार रञ्जु ठाकुर, राजविराज नगरपालिकाका मेयर भीमराज यादव लगायतले जसपाले पछिल्लो पाँच वर्षमा गरेको कामको बारेमा चर्चा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्दियाको नवदुर्गा सामुदायिक वनमा ५०० बाँसका बिरुवा रोपिए
-
रोमानियामा एड्रियन भेस्टिया नयाँ प्रधानमन्त्रीमा मनाेनीत
-
पाकिस्तानी दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर, १०० भन्दा बढी लाभान्वित
-
रास्वपाको मेरिटोक्रेसी : पार्टीलाई सहयोग गर्नेलाई १ नम्बर थप
-
प्रजातन्त्रका लागि लडेको कांग्रेसमै निरङ्कुशता सुरु भयो : शेखर कोइराला
-
मंगलबारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण