दार्चुलाबाट एमालेको ‘राष्ट्रिय चुनावी अभियान शुभारम्भ’
नेकपा (एमाले)ले सुदूरपश्चिमकी दार्चुलाबाट निर्वाचन प्रचार अभियान देशव्यापीरुपमा शुभारम्भ गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलङ्गामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै राष्ट्रियता, कालापानीको भू–भागको संरक्षण र पछाडि परेको क्षेत्रको विकास गर्नका लागि चुनावी अभियान सुरु भएको घोषणा गरे ।
निर्वाचन राष्ट्रिय अभियानको सुरु गर्न बिहीबार अध्यक्ष ओली धनगढी पुगेका थिए । उनले आज बैतडी र कञ्चनपुरमा आयोजना हुने चुनावीसभालाई पनि सम्बोधन गरेको पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जानकारी दिए ।
निर्वाचन आयोगको आचारसंहिताअनुसार दोस्रो चरणको निर्वाचन प्रचारप्रसार बिहीबारदेखि सुरु भएको छ । निर्वाचन अभियानको पहिलो चरणदेखि नै उम्मेदवार जनताको घरदैलोमा पुगिरहेका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले आफ्नो पक्षमा मत प्राप्त गर्न जनताको मन जित्न विभिन्न प्रयासमा लागिरहेका छन् ।
निर्वाचन आयोगको आचारसंहिता, २०७९ को दफा १३ अनुसार मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न पाइने भएकाले बिहीबारदेखि दोस्रो चरणको चुनावी प्रचार अभियान सुरु भएको हो । आगामी निर्वाचनमा एक करोड, ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले भाग लिँदैछन् । त्यसमध्ये महिला ८८ लाख ४७ हजार पाँच सय ७९ र पुरुष ९१ लाख ४० हजार आठ सय छ रहेका छन् भने अन्य एक सय ८५ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
-
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, प्रस्तावित निर्वाचन आयुक्तका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल हुने
-
ट्रम्पले लगाए क्यानडामाथि ५० प्रतिशत आयात शुल्क
-
अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण