२०५१ सालको निर्वाचनलाई फर्केर हेर्दा
२०५१ सालको मध्यावधि निर्वाचनबाट कुनै पनि राजनीतिक दलले बहुमत ल्याएन । स्पष्ट बहुमत नहुँदा संसद् विघटनको प्रयास पनि निरन्तर हुन पुग्यो । त्यससँगै दलीय उल्झनले सरकार गठन र विघटनको खेल चलिरहे पनि प्रतिनिधिसभाले पाँच वर्षको कार्यकाल पूरा गर्दै तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०५५ साल माघ १ मा प्रतिनिधिसभा निर्वाचनको घोषणा गर्‍यो ।
माओवादीको बढ्दो हिंसात्मक आन्दोलनका बीचमा २०५६ जेठ २० र जेठ ३ गरी दुई चरणमा प्रतिनिधिसभाको चुनाव गर्ने सरकारको निर्णयअनुसार निर्वाचन सम्पन्न भयो । दुई ठाउँमा एउटै उम्मेदवारले चुनाव जितेका कारण त्यही साल मङ्सिर २३ मा उपनिर्वाचन भएको थियो । त्यसमध्ये झापाको क्षेत्र नम्बर ६, मोरङ क्षेत्र नम्बर १ र रौतहटको क्षेत्र नम्बर ४ मा उपनिर्वाचन भएको थियो। चुनावपछि जितेर आउनेहरू युवा पुस्ता बढी थिए । चुनाव जितेर आउने धेरै सांसद ३० देखि ५० वर्ष उमेर समूहका थिए । एक सयवटा राजनीतिक दलले चुनावमा भाग लिन दर्ता गराएका थिए । दर्ता गरेका दलमध्ये भन्डै एकचौथाइ दलले मात्रै चुनावमा भाग लिएका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण