बालविवाहमुक्त योजना कागजमै सीमित
मकवानपुर भीमपदी गाउँपालिका-९ नामटारकी १९ वर्षीया मीना घिसिङको काखमा पाँच वर्षको छोरी छिन् । १४ वर्षमात्रै लागेकी मीनाको कैलाश गाउँपालिका भार्ताका १६ वर्षका खसीलाल प्रजासँग विवाह भयो । सामान्य चिनजानकै भरमा उनीहरू वैवाहिक बन्धनमा बाँधिए।
मकवानपुरगढी गाउँपालिका-५ की १८ वर्षकी झमककमारी घिमिरेले हालैमात्रै दुई पटक गर्भपतन गराइसकिन् । 'पढाइ छाडेर बिहे त गरियो, सन्तानचाहिँ चाँडै नहोस् भने गर्भपतन गरेको हुँ,' उनले भनिन् । सानै उमेर विवाह र आमा बन्नु उनीहरू आफ्नो बाध्यता भएको बताउँछन् । 'सानैमा विवाह गरेको' भन्दै परिवारले बालविवाह मुद्दा चलाएर उनीहरूलाई छुटाउने कोसिस गरे पनि अन्तत मुद्दा मिलेमतोमै टुङ्गिने गरेको छ। बागमती प्रदेश सरकारले २०७८ अन्त्यसम्म प्रदेशलाई बालविवाहमुक्त प्रदेश बनाउने घोषणा गरेको थियो। तर, घोषणा कागजमै सीमित बन्न पुगेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण