पत्रपत्रिका
आम निर्वाचन: सियोदेखि मतपेटिकासम्म विदेशबाटै
सोमबार, २१ कात्तिक २०७९, ०५ : ४१
मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रयोग हुने अधिकांश निर्वाचन सामग्री विदेशबाटै आयात भएको छ । निर्वाचन आयोगले आसन्न निर्वाचनका लागि केन्द्र र जिल्लाबाट गरी निर्वाचनका लागि ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको छ । जसमध्ये अधिकांश विदेशबाट आयात भएका छन् ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले केन्द्रीय कार्यालयमार्फत बोलपत्रबाट ५७ प्रकारका तथा जिल्ला तहबाट १५ प्रकारका गरी ७२ प्रकारका निर्वाचन सामग्री खरिद गरेको हो । तीमध्ये धेरैजसो विदेशबाटै ल्याइएका छन् । आयोगले मतपेटिका उत्तरी छिमेकी मुलुक चीनबाट ल्याएको हो । यसैगरी, सियो, लाह छाप भारतबाट ल्याइएको छ । धेरैजसो स्टेसनरीका सामग्री आयोगले भारतबाट खरिद गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण