ओलीले अदालतको निर्णयलाई अवहेलना गरे : मन्त्री पौडेल
मङ्गलबार, २२ कात्तिक २०७९, १२ : ४२
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको निर्णयलाई अवहेलना गरेको आरोप लगाएका छन् ।
मंगलबार ताराखोला गाउँपालिकामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओलीले अदालतको निर्णयलाई परमादेशको सरकार भनेर अदालतको अवहेलना गरेको आरोप लगाएका हुन् । ‘जनप्रतिनिधिको सर्वोच्च थलोलाई होच्याउने र अपमान गर्ने काम केपी ओलीले गर्नुभएको छ,’ उनले भने ।
संविधानमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकालाई छुट्टै प्रकारको अधिकार दिएको उनको भनाई थियो । ‘व्यवस्थापिकाले कानुन निर्माण गर्छ, कार्यपालिकाले कार्यान्वयन गर्छ र कहीँ कतै संविधान र कानुनमा अवरोध भयो भने त्यसको व्याख्या र रक्षा गर्ने काम न्यायपालिकाको हो,’ उनले भने, ‘न्यायपालिकाले गरेको निर्णयको ओलीले अवहेलना गरे ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन
-
जापानद्वारा पुनः प्रयोगयोग्य रकेटको पहिलो परीक्षण उडान सफल
-
सगरमाथा वृक्षरोपण अभियान : पर्वतमा दुई हजारभन्दा बढी बिरुवा रोपियो
-
बेल्बासे वंश समाजमा नयाँ नेतृत्व
-
गण्डकी प्रदेशमा राइड सेयरिङको दर्ता खुल्यो, ३० दिनभित्र गर्न सरकारी सूचना
-
नेपाली साहित्य नारीरत्न : गीताकेशरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण