अबको राष्ट्रपति को ?
राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनको कार्यकाल अबको केही हप्तापछि सकिँदै छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आएपछि नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन हुनेछ । निर्वाचनसँगै अबको राष्ट्रपति र उपराष्ट्रपति को हुने भन्ने चर्चा पनि सुरु भएको छ ।
कांग्रेसले राष्ट्रपति पाएमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्ने सम्भावना छ । यस्तै, अर्का वरिष्ठ नेता कृष्णप्रसाद सिटौलासमेत राष्ट्रपतिको दौडमा रहेका छन् । सत्तारूढ गठबन्धनमा रहेको माओवादी केन्द्रको भागमा राष्ट्रपति परेको अवस्थामा अहिलेका उपराष्ट्रपति नन्दकिशोर पुन, डा. बाबुराम भट्टराई, सभामुख अग्निप्रसाद सापकोटामध्ये एक हुन सक्नेछन् । गठबन्धनमै रहेको एकीकृत समाजवादीले राष्ट्रपति पाएको अवस्थामा सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई अघि सार्ने सम्भावना छ । यदि एमालेको गठबन्धनले निर्वाचनमा बहुमत ल्याएको अवस्थामा उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र सुवासचन्द्र नेम्वाङमध्ये एकलाई अघि सार्ने सम्भावना छ । आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण