राष्ट्रपति भण्डारी विभिन्न कार्यक्रममा सहभागी हुँदै
विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार त्यहाँ विभिन्न कार्यक्रममा सहभागी हुँदै छिन् ।
राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न १२ बजे महिला राजनीतिक नेतृत्व मञ्चको परिषद बैठकमा विशिष्ट अतिथिका रुपमा सहभागी हुनुहुने तथा १ः४५ बजे महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिए ।
राष्ट्रपति भण्डारीलाई सो मञ्चले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ प्रदान गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले सो सम्मेलनका क्रममा विभिन्न देशका महिला नेत्री तथा अन्य विशिष्ट व्यक्तिहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहको छ ।
अठार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएका राष्ट्रपति भण्डारी मङ्गलबार आइसल्यान्ड पुगेकी हुन् । उनी भ्रमण सम्पन्न गरी यही कात्तिक २६ गते बिहान स्वदेश फर्किने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण