भारतबाट आएकै दिन श्रीमान् खोसिए
डोटीको पूर्वीचौकी गाउँपालिका ३, गैरागाउँकी ४५ वर्षीया विष्नादेवी बोहरालाई दुई वर्षपछि भारतबाट श्रीमान् घर फर्कदा खुसीको सीमा थिएन । जहान परिवार पाल्नकै लागि जीवनको अधिकांश समय मजदुरीमै बिताउने श्रीमान् परिवारसँगै हुँदा घर नै उज्यालो भएको थियो । विडम्बना नियतिले उनको त्यो उज्यालो छिनभरमै अन्धकारमा परिणत भइदियो । ५० वर्षीय उनका श्रीमान् प्रेम बोहरा मंगलबार बेलुकी मात्रै घर आइपुगेका थिए ।
बालबालिकासहित खाना खाएर सुतेका बेला राति आएको भूकम्पले घर भत्किँदा उनका पति प्रेम, छोरी तुल्सीसहित उनी च्यापिन् । छोरी र पतिको भने घटनास्थलमै मृत्यु भयो । माथिबाट खसेको भकारीले छोपिँदा आफ्नो ज्यान बचेको बताइन् । पति र छोरी छेउमै पुरिँदा आफू भने कराउँदै गुहार मागिरहेको बताउँदै उनले भनिन्, 'म करिब एक घन्टासम्म गुहारिरहें । पछि गाउँले आएर मलाई निकाले । पति र छोरी भने पुरेको पुरियै रहे ।' एउटै कोठामा रहेका पति र छोरीको मृत्यु भएपछि बाँच्न सफल उनी विछिप्त बनेकी छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण