टाँगेका निर्वाचन प्रचार सामग्री हटाइँदै
सप्तरीको राजबिराज नगरभित्र टाँगेका निर्वाचन प्रचार सामग्री आजदेखि हटाउन थालिएको छ । राजविराजस्थित गजेन्द्र चोकसहित नगरको विभिन्न क्षेत्रमा टाँगिएका ब्यानरले नगर नै कुरूप बनेको भन्दै सो सामग्री हटाइएका छन् ।
प्रहरीले निर्वाचन आचारसंहिता विपरीत नगरका विभिन्न ठाउँमा राजनीतिक दलले टाँगेका विभिन्न पार्टीका झण्डा, पोस्टर र ब्यानर हटाउन थालेको प्रहरी नायब उपरीक्षक नरेश सिँहले जानकारी दिए ।
निर्वाचन आचारसंहिता विपरीत राखेपछि स्थानीय प्रशासनले हटाउन थालिएको भन्दै भारतीय नम्बर प्लेटका गाडीमा उम्मेदवारले झण्डा लगाउन नपाउने प्रहरी नायव उपरीक्षक सिंहको भनाइ छ । नेपाली नम्बर प्लेटका सवारी साधनमा झण्डा मात्र लगाएर प्रचारप्रचार गर्ने पाउने व्यवस्था भएकाले भारतीय भाडाका गाडीमा झण्डा राखेको पाइएमा गाडी नियन्त्रणमा लिई आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण