लामो समय शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य
मर्जर तथा प्राप्ति प्रयोजनका लागि लामो समय धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार रोक्का हुने समस्याको अन्त्य भएको छ । नेपाल धितोपत्र बोर्डले कात्तिक २४ गतेदेखि संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ लागू गरेसँगै दोस्रो बजारमा सूचीकृत कम्पनीको शेयर कारोबार लामो समय रोक्का हुने समस्याको अन्त्य भएको हो ।
हाल मर्जर तथा प्राप्ति प्रयोजनका लागि ३४ कम्पनीको शेयर कारोबार रोक्का छ । निर्देशिका लागू भएसँगै यी कम्पनीहरूको आधारभूत शेयर कारोबार शेयरधनीबाहेकको फुकुवा हुनेछ । बोर्डले निर्देशिका प्रारम्भ हुनुअघि मर्जर तथा प्राप्ति प्रयोजनका लागि रोक्का रहेका कम्पनीको आधारभूत शेयरधनीबाहेक अन्य शेयरको कारोबार फुकुवा हुनुपर्ने व्यवस्था गरेको हो । नयाँ व्यवस्थाबमोजिम आधारभूत शेयरधनीबाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्न विवरणसहित धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) र केन्द्रीय निक्षेप सेवाप्रदायक संस्था (सीडीएससी) समक्ष निवेदन पेश गर्नुपर्नेछ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण