एलन मस्कले ट्विटर कंगाल भएकोबारे दिए ठूलो बयान
ट्विटरका नयाँ मालिक एलन मस्कले बिहीबार आफ्ना कर्मचारीहरूसँग ट्विटर कंगाल हुने सम्भावनाको बारे कुरा गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार उनले ट्विटरका कर्मचारीहरूलाई कंगाल हुने आशंकालाई अस्वीकार गर्न नसक्ने जानकारी दिए ।
ट्विटरमा आफ्ना कर्मचारीसँगको पहिलो भेटमा मस्कले अर्को वर्ष कम्पनीले अर्बौं डलर गुमाउन सक्ने चेतावनी दिएका छन् । एलन मस्कले हालै ४४ बिलियन डलरमा ट्विटर किनेका छन् । त्यसयता उनले यो सामाजिक सञ्जालमा धेरै परिवर्तन पनि गरेका छन् ।
यसैबीच, ट्विटरले विश्वभरि हजारौँ कर्मचारीलाई निकालेको छ । यस विषयमा एलन मस्कले पनि आलोचनाको सामना गर्नुपरेको छ । कम्पनीलाई घाटा भएको भन्दै उनले ब्लु टिकको सदस्यता शुल्क पनि लिन थालेका छन् ।
मस्कले ट्वीटरको आम्दानी घटाउन एक्टिभिस्ट ग्रुपले ट्वीटरको कमाई कम गर्नका लागि विज्ञापनदातालाई प्रभाव पारेको आरोप पनि लगाए ।
अमेरिकी निकायद्वारा चिन्ता व्यक्त
यसैबीच, अमेरिकाको संघीय व्यापार आयोगले पनि ट्विटरमा केही कर्मचारीलाई निकालेको भन्दै चिन्ता व्यक्त गरेको छ । ट्विटरका दुई वरिष्ठ कर्मचारी जोएल रोथ र रोबिन व्हीलरले बुधबार राजीनामा दिएका छन् ।
बिहीबार, ट्विटरका प्रमुख सुरक्षा अधिकारी ली किसनरले ट्विटरबाट राजीनामाको घोषणा गरे । उनले ट्विट गर्दै यसबारे जानकारी दिएका हुन् । ट्विटरका केही आन्तरिक सन्देश अनुसार, कम्पनीमा गोपनीयता र अनुपालन सम्बन्धित जिम्मेवारीहरू ह्यान्डल गर्ने धेरै व्यक्तिहरूले राजीनामा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण