मनोसामाजिक अपाङ्गता भएकाको मताधिकार सुनिश्चिताको माग
आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचनमा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिले अन्य व्यक्ति सरह समान रूपले प्रतिनिधित्व गर्न पाउने वा मत दिने वातावरण नभएको भन्दै प्रदेश निर्वाचन अधिकृत होमनाथ पराजुलीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । सो सम्बन्धमा इन्द्रराज सुवेदी, कल्याणबन्धु वाग्लेसहितको टोलीले विभिन्न कानुन निर्देशिका लगायतमा भएको विभेदकारी प्रावधानका कारण मनोसामाजिक अपाङ्गता भएकाहरु मताधिकार एवं उम्मेदवार हुने अधिकारबाट वञ्चित हुनु परेको जनाउँदै शुक्रबार यहाँ ध्यानाकर्षणपत्र बुझाउनु भएको हो ।
प्रचलित ऐन, नियम, नियमावली तथा निर्देशिकाहरूमा मानसिक सन्तुलन ठीक नभएको व्यक्ति चुनावी प्रक्रियामा भाग लिई मतदान गर्न र उम्मेदवार हुन अयोग्य छन् भनी किटान गरिएकाले यस अवस्थामा व्यक्तिहरुले आफ्नो अधिकार उपभोग गर्नबाट वञ्चित भएकाले यसलाई संशोधन गर्नुपर्ने उहाँहरुको माग छ ।
संविधानको प्रस्तावनामा सामाजिक न्याय सुनिश्चितता गर्ने समानुपातिक समावेशी सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरिएको भएपनि विभेदकारी कानुनले यस अवस्थाका व्यक्ति मताधिकारबाट वञ्चित हुनु परेको सुवेदीले बताए ।
उनले उल्लिखित ऐनमा व्यवस्था गरिएका मानसिक समस्या वा मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई आफ्नो मताधिकार प्रयोग वा उम्मेदवार बन्नबाट रोक लगाउने बुँदाहरू हटाउनुपर्ने माग ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको बताए । प्रदेश निर्वाचन अधिकृत पराजुलीले निकै पहिलेदेखि नै उठिरहेको यस विषय महत्वपूर्ण रहेको जनाउँदै कसैको आत्मसम्मानमाथि चोट पुग्ने र मताधिकारबाट वञ्चित हुने कार्यलाई रोक्न सक्दो पहल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण