'मंसिर ४ गतेपछि सिंहदरबारको बजेटले बारा–४ को विकास हुन्छ'
पूर्व श्रममन्त्री तथा बारा निर्वाचन क्षेत्र नं ४ का सत्ता गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले जनकपुरको बजेट मात्रै प्रयाप्त नभएकोले मंसिर ४ गतेपछि सिंहदरबारको बजेटले बारा ४ नं क्षेत्रको विकास हुने बताएका छन् । ५ दलीय गठबन्धनको चुनावी सभामा बोल्दै उम्मेदवार श्रेष्ठले काठमाडौंको बजेट र जनकपुरको बजेट बारा ४ नं क्षेत्रमा आएपछि अर्वौ रुपयाँका विकास निर्माणका कामहरू हुने दाबी गरे ।
‘म यहाँको उम्मेदवार नहुँदै ५० औ करोडको बजेट विनियोजन गरेर केही योजनाहरु शिलान्यास समेत गरिसकेका छौ,अव यहाँका उर्वर कृषि भूमिहरुमा चाँपागलले होइन डिप बोरिङ्ग गरेर प्रत्येक किसानका खेत खेतमा सिंचाईको व्यवस्था हुन्छ, बेरोजगार युवाहरुलाई रोजगारीको व्यवस्था गर्ने,बाटाघाटा,नाला, नदिहरु तटबन्ध गरिनेछ’ उनले भने ।
बारा निर्वाचन क्षेत्र नं ४ मा जीतपुरसिमरा, परवानीपुर, प्रसौनी, फेटा र कलैया उपमहानगरको एउटा वडा गरेर ३८ वटा वडामा १ लाख ३ हजार मतदाता छन् । उम्मेदवार श्रेष्ठले निर्वाचन मिति नजिकिदै गएकोले ३८ वटा वडामा रहेका सयौं गाउँ, टोलटोलमा पुग्न सक्ने अवस्था नभएकोले मंसिर ४ गतेपछि जनताको घर घरमा पुग्ने प्रतिवद्धता जनाएका छन् ।
‘मैले जानेको विकास हो,म तपाईहरुलाई चित्त बुझ्नेगरी, अनुभुति हुनेगरी बारा ४ नं क्षेत्रको विकासमा लाग्ने जानकारी गराउँछु’ श्रेष्ठले भने ‘बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट हामीले चुनाव जित्दैछु, निर्वाचन पछि नेपाली कांग्रेस लगायत ५ दलका कुनै पनि नेतालाई काखा र पाखा नगरीकन हरेक सुख दुःखमा, हरेक हिसाबले सुरक्षा गर्ने जिम्मा किसान श्रेष्ठले लिनेछ, ढुक्क हुनुस्’ श्रेष्ठले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण