बेतना सिमसारमा सर्पदंश उपचार केन्द्र खोल्ने शर्माको प्रतिवद्धता
मोरङको ३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सुनिल शर्माले बेलबारीको बेतना सिमसारमा सर्पदंश उपचार केन्द्र स्थापना गर्ने बताएका छन् ।
आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा शर्माले सर्पदंशको उपचार तत्कालै गर्नुपर्ने हुँदा बेलबारीबाट धरान वा विराटनगर लैजान सम्भव नहुने भन्दै स्थानीय स्तरमै तत्काल उपचारको व्यवस्था मिलाउन सर्पदंश उपचार केन्द्र सञ्चालनको योजना बनाएको बताए । किसान परिवारको बसोबास उल्लेख्य रहेको बेलबारी क्षेत्रमा वर्षेनी सर्पदंशबाट मानिसहरूको ज्यान जाने गरेकाले स्थानीय स्तरमै सञ्चालन हुने सर्पदंश उपचार केन्द्रले नागरिकको जीवन रक्षामा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।
यसैगरी, विपन्न समुदायको स्वास्थ्य उपचारको जिम्मा आफूले लिने प्रतिवद्धतासमेत डा. शर्माले मतदातासमक्ष व्यक्त गरेका छन् । उपचार खर्चको अभावमा ज्यान जाने अवस्थाको अन्त्य गर्न आफूले निजी स्रोतबाट भए पनि उपचार सेवा प्रवाह गर्ने उनको भनाइ थियो ।
आफ्नो क्षेत्रको शैक्षिक अवस्थिति सुदृढ बनाउन सात सयभन्दा बढी विद्यार्थीलाई निजी स्रोतबाट छात्रवृत्ति प्रदान गरी मेडिकल शिक्षा पढाइ नर्सदेखि डाक्टरसम्म बनाएको बताउँदै उनले मुस्लिम समुदायको उत्थानका लागि मुस्लिम छात्रालाई समेत मेडिकल शिक्षा निःशुल्क उपलब्ध गराएको उल्लेख गरे । यस पटकको निर्वाचनमा पनि डा. शर्मा, एमालेका पूर्वमन्त्री ढकाल र राप्रपाकी उम्मेदवार रेखा थापाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण