आर्सनललाई पाँच अङ्कको अग्रता
आइतबार, २७ कात्तिक २०७९, ०६ : १७
वुल्भरह्याम्पटन वान्डरर्सलाई उसैको घरेलु मैदानमा पराजित गर्दै आर्सनलले प्रिमियर लिगको शीर्ष स्थानमा पाँच अङ्कको अग्रता बनाएको छ । शनिबार राति भएको खेलमा आर्सनल २–० गालअन्तरले विजयी भएको हो ।
आर्सनलको जीतमा कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । उनले दुवै गोल खेलको दोस्रो हाफमा गरेका थिए । ५४ औँ मिनेटमा टोलीलाई अग्रता दिलाएका उनले ७५ औँ मिनेटमा अग्रता दोब्बर बनाएका थिए ।
शनिबार म्यानचेस्टर सिटी ब्रेन्टफोर्डसँगै स्तब्ध भएपछि आर्सनललाई अग्रता फराकिलो बनाउने अवसर मिलेको हो । १४ खेलपछि आर्सनलको ३७ अंक रहेको छ । सन् २००७ पछि टोली पहिलोपटक क्रिसमसमा लिगको शीर्ष स्थानमा रहनेछ । आर्सनल सन् २०१६ यता लिगमा पाँचौँ स्थानभन्दा उक्लन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण