चेल्सी फेरि पराजित, स्पर्सको रोमाञ्चक जीत
चेल्सी न्युक्यासल युनाइटेडसँग पराजित भएको छ । शनिबार भएको प्रिमियर लिग अन्तरगतको खेलमा न्युक्यासलले चेल्सीलाई १–० गोलले हराएको हो ।
न्युक्यासलको जीतमा जो विलकले ६७ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । जीतसँगै न्युक्यासल लिगको तेस्रो स्थानमा कायम रहेको छ । टोलीको १५ खेलपछि ३० अङ्क रहेको छ । चेल्सी भने सबै प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्दै लिगको आठौँ स्थानमा खस्किएको छ ।
उता चौथो स्थानमा रहेको टोटनहम हटस्पर्सले सात गोलको थ्रिलरमा लिड्स युनाइटेडलाई हराएको छ । तीन पटक गोलले पछि रहेको अवस्था उल्ट्याउँदै स्पर्सले खेलमा ४–३ ले पुनरागमन गर्न सफल भएको हो ।
क्राइसेन्सियो समरभिलले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए । तर २५ औँ मिनेटमा ह्यारिकेनले गोल गर्दै खेल बराबरी गरे । पहिलो हाफको अन्त्यमा रोड्रिगोले पुनः लिड्सलाई अग्रता दिलाए पनि दोस्रो हाफको सुरुवातमा नै बेन डेभिसले बराबरी गोल फकाए ।
७६ औँ मिनेटमा रोड्रिगोले पुनः लिड्सलाई खेलमा अगाडि बढाए । तर, रोड्रिगो बेन्टान्कुरले खेलको अन्त्यतिर दुई गोल गर्दै स्पर्सलाई रोमाञ्चक जीत दिलाए । १५ खेलपछि २९ अङ्क बटुल्दै स्पर्स लिगको चौथो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण