नुनेज चम्किँदा लिभरपुलको सहज जीत
आइतबार, २७ कात्तिक २०७९, ०६ : ३६
लिभरपुलले आफ्नो घरेलु मैदानमा साउथ ह्याम्पटनमाथि ३–१ को सहज जीत हासिल गरेको छ । ब्राजिलको विश्वकप टोलीमा पर्न असफल भएका रोबर्टो फर्मिन्होले शनिबार राति भएको खेलको छैटौँ मिनेटमा नै लिभरपुललाई अग्रता दिलाएका थिए ।
तर लगत्तै चे एडम्सले साउथह्याम्पटनलाई खेलमा फर्काए । २१ औँ मिनेटमा उरुग्वेका फरवार्ड डार्विन नुनेजले गोल गर्दै लिभरपुललाई पुनः अग्रता दिलाए । ४२ औँ मिनेटमा अर्को गोल थप्दे उनले टोलीको जीत सुनिश्चित गरे ।
१४ खेलपछि लिभरपुलको २२ अङ्क रहेको छ । टोली लिगको छैटौँ स्थानमा रहेको छ । साउथह्याम्पटन भने रेलिगेसन जोनमा रहेको छ । शनिबार नै भएका अन्य खेलमा नटिङहम फरेस्टले क्रिस्टल प्यालेसलाई १–० गोलले पराजित गर्यो भने एभर्टन बोर्नेमाउथसँग ३–० गोलले स्तब्ध बन्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण