बायर्न शीर्ष स्थानमा कायम
आइतबार, २७ कात्तिक २०७९, ०६ : ४७
एरिक म्याक्सिम चुपो मोटिङले आफ्नो गोल वर्षा जारी राख्दा बायर्न म्युनिखले साल्केलाई हराउँदै शीर्ष स्थानमा रहन सफल भएको छ । शनिबार बायर्नले साल्केलाई उसैको घरेलु मैदानमा २–० गोलले हराएको हो ।
खेलको ३८ औँ मिनेटमा सर्जी ग्नाब्रीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । दोस्रो हाफमा एरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । पछिल्ला ९ खेलमा उनको यो १० औँ गोल हो ।
बायर्नले सबै प्रतियोगितामा १० खेलमा जीतमा हासिल गरेको छ । लिगमा उसको यो लगातार छैटौँ जीत हो । १५ खेलपछि बायर्नको ३४ अङ्क रहेको छ । दोस्रो स्थानमा रहेको आरबी लेइपजिगको २८ अङ्क रहेको छ । लेइपजिगले शनिबार नै वेर्डर ब्रेमेनलाई २–१ गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण