टी–२० विश्वकप फाइनल आज : बलियो इङ्ल्यान्डसामु भाग्यमानी पाकिस्तान !
टी–२० विश्वकप २०२२ को फाइनलमा आज पाकिस्तानले इङ्ल्यान्डको सामना गर्दैछ । मेलबर्नमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजे सुरु हुनेछ । सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई र इङ्ल्यान्डले भारतलाई हराएको थियो ।
पाकिस्तानले सन् २००९ मा पहिलो पटक टी–२० विश्वकप जितेको थियो । त्यतिबेला युनिस खान टिमको कप्तान थिए । सन् २०१० मा इङ्ल्यान्डले पहिलो पटक यो ट्रफी जितेको थियो । त्यति बेला पल कलिङवुड टोलीका कप्तान थिए। यदि यी दुई टोलीले यो प्रतियोगिता जित्यो भने यो उनीहरूको दोस्रो टी–२० विश्वकप ट्रफी हुनेछ।
दुई टोलीबीच २८ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिएका छन् । जसमध्ये पाकिस्तानले ९ र इङ्ल्यान्डले १७ मा जितेको थियो । १ खेल बराबरीमा सकियो र १ खेलमा कुनै नतिजा आएन।
यस विश्वकपमा इङ्ल्यान्डको यात्रा उतारचढावले भरिएको थियो । विश्वकपअघि इङ्ल्यान्डलाई जितको ठुलो दाबेदार मानिन्थ्यो । तर समूह चरणमा आयरल्यान्डसँग टोली स्तब्ध बनेको थियो । हारेपछि जोस बटलरको कप्तानीमा रहेको यो टोलीले उत्कृष्ट खेल्दै न्युजिल्यान्डलाई पराजित गर्‍यो र त्यसपछि श्रीलङ्कालाई पराजित गर्दै सेमिफाइनल पुग्यो । सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै उनीहरूले आफूमा कुनै पनि टोलीलाई हराउन सक्ने शक्ति छ भन्ने प्रमाणित गरेका छन् ।
भाग्यमानी पाकिस्तान
पहिलो खेलमा नै पाकिस्तान भारतसँग पराजित भएको थियो । दोस्रो खेलमा पनि जिम्बावेसँग १ रनले पराजित भएपछि पाकिस्तान प्रतियोगिताबाट बाहिरिने आँकलनि गरिएको थियो । दुई पराजयपछि भने पाकिस्तानले शानदार पुनरागमन गर्‍यो । नेदरल्यान्ड्सलाई हराएपछि टोली दक्षिण अफ्रिका जस्तो बलियो टोलीलाई हरायो । समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई हराउँदै टोली सेमिफाइनलमा पुग्यो ।
सेमिफाइनलमा बाबर आजमको नेतृत्वमा रहेको यो टोलीले फर्ममा रहेको न्युजिल्याण्डलाई हराएको थियो । यस खेलबाट बाबर आजम र मोहम्मद रिजवानको ओपनिङ जोडी पनि फेरि फर्ममा फर्किए । अब यो जोडी इङ्ल्यान्डविरुद्ध खतरनाक साबित हुन सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण