दाङका ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई
आइतबार, २७ कात्तिक २०७९, ०८ : ०९
दाङमा ६१ मतदान केन्द्रको नेतृत्व महिलालाई दिइएको छ । जिल्लाका तीन निर्वाचन क्षेत्रका चार सय ६५ मतदान केन्द्र रहेका छन् ।
क्षेत्र नं १ मा २४, क्षेत्र नं २ मा १७ र क्षेत्र नं ३ मा २० मतदान केन्द्रमा महिलालाई जिम्मेवारी प्रदान गरिएको हो । क्षेत्र नं १ मा एक सय ५२, क्षेत्र नं २ मा एक सय ४६ र क्षेत्र नं ३ मा एक सय ६७ मतदान केन्द्र रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका निर्वाचन अधिकारी नारायण भण्डारीले बताए । त्यस्तै जिल्लामा एक सय ५३ मतदान स्थल छन् ।
जिल्लाका तीन निर्वाचन क्षेत्रमा मात्रै तीन हजार आठ सय बढी कर्मचारी खटिएका छन् भने पाँच हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । मङ्सिर ४ गते हुने निर्वाचनका लागि जिल्लामा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सामग्रीसमेत जिल्लामा आइसकेको निर्वाचन अधिकारी भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण