नेतालाई भोट माग्न हतारो, कृषकलाई धान काट्न चटारो
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी देशभर तीव्र गतिमा प्रचारप्रसार भइरहेको छ । लमजुङ जिल्लाका सबै पालिकामा चुनावी सरगर्मी बढेको छ ।
विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु मत माग्न गाउँ भित्रिई सकेका छन् । चुनावी अभियान तीव्ररुपले अघि बढे पनि कृषकलाई भने धान काट्ने चटारो परेको छ । जिल्लाको अवस्थालाई हेर्दा हाल लमजुङमा ११ हजार १ सय २५ हेक्टर जमिनमा धान खेती गरिएको छ । जुन ९५ प्रतिशतको हाराहारीमा धान रोपाई भएको थियो ।
जिल्लामा धान खेतीका लागि भनेर चिनिने ठूला फाँटहरु र्भोलेटार, रामचोकबेसी, राईनास, अलैँचे,दुईपिप्लेका साथै पालिकाभित्र रहेका नदी किनारका खोँचहरुमा पनि धान खेतीका लागि योग्य जमिन प्रसस्त भएकाले ति भू–भागमा पनि धान खेती गरिएको अवस्था छ ।
हालसम्म जिल्लाभर ७० देखि ७५ प्रतिशत धान कटाई भइसकेको अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण