अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली रोजिनको कोरियोग्राफी
मलेशियाको क्वालालम्पुरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्टस् २०२२ मा’ नेपाली अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य कोरियाग्राफरको रुपमा रहने भएका छन् । प्रतियोगिता अन्तर्गत मिस तथा मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ सञ्चालन हुनेछ । जसको कोरियोग्राफी उनले गर्नेछन् ।
ईप्लानेट प्रा.लिको आयोजनामा सञ्चालन हुने यस प्रतियोगितामा विश्वका विभिन्न देशका चालिसभन्दा बढी सहभागीहरूबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता यही नोभेम्बर १४ देखि २० तारिखसम्म मलेसियामा सञ्चालन हुँदैछ भने फाइनल प्रतिस्पर्धा नोभेम्बर १९ मा मलेसियाको क्वालालम्पुरस्थित भिभा होम शपिङ मलमा रहेको मेगा स्टार एरिनामा सम्पन्न हुनेछ । यसअघि हेरिटेज प्याजेन्टस् नेपाल, भारत, श्रीलंका र सिंगापुरमा सम्पन्न भएको थियो ।
राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफरको परिचय बनाएका रोजिन शाक्य झन्डै २५ वर्षदेखि फेसन र सञ्चार क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका छन् । स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सौन्दर्य, मोडलिङ तथा फेसन कार्यक्रम गरी झन्डै चौधसय कार्यक्रमको कोरियोग्राफरको रुपमा अनुभव संगालिसकेका उनी सन् २०१४ देखि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरूको कोरियोग्राफीमा पनि सहभागी हुँदै आएका छन् । उनले हेरिटेज प्याजेन्टस्, मिस मर्मेड सिंगापर, मोडल सुपरस्टार मुम्बई लगायतका अन्तर्राष्ट्रिय कार्यक्रमको पनि कोरियोग्राफी गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजेश ढुंगानाको मुटु फलाम भएर' लोकार्पण
-
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा
-
विभागले तय गर्यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण