बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली रोजिनको कोरियोग्राफी

आइतबार, २७ कात्तिक २०७९, १३ : ५५
आइतबार, २७ कात्तिक २०७९

मलेशियाको क्वालालम्पुरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज प्याजेन्टस् २०२२ मा’ नेपाली अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य कोरियाग्राफरको रुपमा रहने भएका छन् । प्रतियोगिता अन्तर्गत मिस तथा मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ सञ्चालन हुनेछ । जसको कोरियोग्राफी उनले गर्नेछन् । 

ईप्लानेट प्रा.लिको आयोजनामा सञ्चालन हुने यस प्रतियोगितामा विश्वका विभिन्न देशका चालिसभन्दा बढी सहभागीहरूबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता यही नोभेम्बर १४ देखि २० तारिखसम्म मलेसियामा सञ्चालन हुँदैछ भने फाइनल प्रतिस्पर्धा नोभेम्बर १९ मा मलेसियाको क्वालालम्पुरस्थित भिभा होम शपिङ मलमा रहेको मेगा स्टार एरिनामा सम्पन्न हुनेछ । यसअघि हेरिटेज प्याजेन्टस् नेपाल, भारत, श्रीलंका र सिंगापुरमा सम्पन्न भएको थियो । 

राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफरको परिचय बनाएका रोजिन शाक्य झन्डै २५ वर्षदेखि फेसन र सञ्चार क्षेत्रमा निरन्तर क्रियाशील रहँदै आएका छन् । स्थानीय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सौन्दर्य, मोडलिङ तथा फेसन कार्यक्रम गरी झन्डै चौधसय कार्यक्रमको कोरियोग्राफरको रुपमा अनुभव संगालिसकेका उनी सन् २०१४ देखि अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरूको कोरियोग्राफीमा पनि सहभागी हुँदै आएका छन् । उनले हेरिटेज प्याजेन्टस्, मिस मर्मेड सिंगापर, मोडल सुपरस्टार मुम्बई लगायतका अन्तर्राष्ट्रिय कार्यक्रमको पनि कोरियोग्राफी गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप