गठबन्धन ‘टालाटुली बटुली कती राम्री कठ्पुतली’ : ओली
एमाले अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनलाई कठपुतलीको संज्ञा दिएका छन् । दैलेखको जम्बुकाँधमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘यो पटकको निर्वाचनले देशको भविष्यको फैसला गर्नेछ,’ उनले भने,‘ गठबन्धन फुटेको हाँडीका टुक्रा हुन्, यिनीहरुबाट देशको समृद्धि छैन ।’
उनले गठबन्धनको कुनै उद्देश्य र नीति नभएको बताए । ‘यो गठबन्धन ‘टालाटुली बटुली कति राम्री कठपुलती’ हो, यो देश एमालेबाट मात्रै समृद्ध बन्छ,’उनले भने,‘ त्यसैले म आग्रह गर्दछु एमालेलाई विजयी गराउनुहोस् ।’
साथै उनले आफू दार्चुला पुगेर भूमि फिर्ता ल्याउनुपर्छ भन्ने भाषणबारे देउवाको टाउको दुखेको टिप्पणी गरे ।
ओलीले दैलेखमा ज्वाला उत्खनन आफूले नै गरेको दाबी गरे । ‘दैलेखमा पानीमा ज्वाला बलेको उहिल्यैदेखि सबैले देखेका थिए, तर म आएर हेरेर अनुसन्धान गरौँ भनेर अनुसन्धान गराइयो, पेट्रोलियम पदार्थ, उत्खनन हुन्छ,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण