अर्घाखाँचीमा रायमाझी र भुसालबीच कडा टक्कर
अर्घाखाँचीमा दुई पार्टीका केन्द्रीय स्तरका नेताबीच कडा चुनावी प्रतिस्पर्धा देखिएको छ । लगातार तीन पटक चुनाव जितेका एमाले सचिव टोपबहादुर रायमाझीसँग सत्तारुढ गठबन्धनले निवर्तमान उपसभामुख एवं कांग्रेस नेतृ पुष्पा भुसाललाई मैदानमा उतारेको छ ।
अहिले रायमाझी र भुसाल मतदाताका घरदैलोमा पुग्दा मतदाताले पनि विकासका लागि मौखिक आश्वासन होइन, लिखित हस्ताक्षर नै गराउन थालेका छन् । कांग्रेस नेतृ भुसाल छत्रदेव गाउँपालिकाको ठूलापोखरामा पुग्दा स्थानीयले ठुलापोखराको विकासका योजना १० बुँदामा प्रतिबद्धता जनाए मात्रै भोट दिने माग राखे । उनीहरुले पाँच वर्षसम्म गर्ने विकासमा मौखिक आश्वासनमा विश्वास गरेनन् । त्यसपछि लिखित हस्ताक्षर गराए ।
उनीहरुको १० बुँदे मागमा वडाभित्रको सडकलाई स्तरोन्नती गर्दै व्यवस्थित र कालोपत्रे गरिदिनुपर्ने, यस क्षेत्रकै ठूलो चौवाटार सिचाइँ कुलो सम्पन्न भएकाले त्यसलाई मर्मत सुधारको माग राखेका छन् ।
त्यस्तै कोकलचारे–सेट्टारी सिचाइ योजना, दुग्दी–सालबोट–बलीफाँट सिचाइ योजना, गुठी–अरटारी–फुल्ली र सानीखोली–तौवाखोला सिचाइ योजनामा बजेट पारेर सम्पन्न गर्ने प्रतिबद्धता भुसालले जनाइन् । खेतबारीमा तटबन्ध, चौवाहको सरस्वती आधारभूत विद्यालयको भवन निर्माण, धार्मिक मठमन्दिर निर्माण गर्नेमा हस्ताक्षर गरेकी छन् ।
सालबोट–कोटफेरा लिफ्टिङ खानेपानी, अशिदश चौवाह–उरामथुम लिफ्टिङ खानेपानी योजना, दुग्दी, धैरेनी–धरमपानी योजना निर्माण सम्पन्न गरी एक–घर एक धारा बनाइदिनुपर्ने र उपल्लो टिकुरी, तल्लो टिकुरी खानेपानी योजनामा मिटर जडान गर्नुपर्ने माग छन् । जितेपछि ५ वर्षभित्र यी काम सम्पन्न गरिदिन्छौं भनेर भुसाललाई मतदाताले लिखित हस्ताक्षर गराए ।
रायमाझीलाई पनि विकासका मागमा लिखित प्रतिबद्धता गराउने स्थानीयले बताएका छन् । उनले लगातार तीन पटक चुनाव जितेका छन् ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण