पाल्पाका ७७ कैदीबन्दीले मतदान गर्ने
आसन्न मंसिर ४ गतेको निर्वाचनमा पल्पा जिल्लाका ७७ जना कैदी बन्दीले भोट दिने भएका छन् । जिल्ला कारागारमा रहेका ती कैैदीबन्दीले मतदान गर्न पाउने भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अन्य कैदीबन्दीको नाम मतदाता नामावलीमा समावेश नभएको कार्यालयका सूचना अधिकारी कल्पना पौडेलले जानकारी दिइन् ।
सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको थियो । निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारीले पनि समानुपातिकतर्फ मतदान गर्न सक्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।
पाल्पामा दुई वटा अस्थायी मतदान केन्द्र रहने छन् । सुरक्षाकर्मी र कर्मचारीका लागि तानसेनस्थित टुँडिखेल मञ्च र कैदीबन्दीका लागि जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र तोकिएको छ । यही मङ्सिर ४ गते हुने पटकको निर्वाचनमा देशभरका ७४ कारागारमा अस्थायी मतदानस्थल राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण