म माथि सुनियोजित दुर्व्यवहार भयो : थापा
गण्डकी प्रदेशका कानुन मन्त्री तथा कास्की-२ (ख)का उम्मेदवार विन्दुकुमार थापाले आफूमाथि सुनियोजित दुर्व्यवहार भएको बताएका छन् । बुधबार राति आचारसंहिता विपरीत चुनाव प्रचार गरेको र सुकुम्बासीलाई पैसा बाँडेर फर्केको आरोपमा स्थानीयले थापालाई डेढ घण्टा नियन्त्रणमा लिएका थिए ।
आफूमाथि नियन्त्रण लिएर विपक्षी दलका नेता कार्यकर्ताले सुनियोजित दुर्व्यवहार गरेको थापाले बताएका छन् । राति ८ बजे पोखरा १६ बाटुलेचौर स्थित गन्धर्व वस्तीमा पसेपछि उनलाई स्थानीयले घर फर्केने बेलामा नियन्त्रणमा लिएका थिए ।
'गठबन्धनको उर्लदो जनलहर र आफ्ना उम्मेदवारको हार सुनिश्चित देखेपछि हारको मानसिकताबाट निर्वाचनको माहौल बिगार्न विपक्षी दलका कार्यकर्ताको अराजक भिडबाट म माथि सुनियोजित रुपमा दुर्व्यवहार र आक्रमण प्रयास भयो,' उनले फेस्बुकमा लामो स्टाटस लेख्दै भनेका छन् ।
चुनाव प्रचार प्रसार र मतदाता भेटघाट सकेर घर फर्कने क्रममा आफूलाई निराधार आरोप लगाइएको उनको भनाइ छ । थापालाई नियन्त्रणमा लिएपछि स्थानीयले थापाको उम्मेदवारी खारेज गर्नुपर्ने मागसहित चर्को नाराबाजी पनि गरेका थिए ।
आज यो विषयमा स्थानीय एमाले कार्यकर्ताले आयोगमा उजुरी दिने तयारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण