युएईविरुद्ध अर्जेन्टिनाको पाँच गोल
बिहीबार, ०१ मङ्सिर २०७९, ०८ : ५०
कतार विश्वकप अघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले संयुक्त अरब इमिरेट्स (युएई)लाई ५–० अन्तरले पराजित गरेको छ ।
बुधबार राति दुबईमा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन अट्याकर एन्जल डि मारियाले दुई गोल गरेका थिए । यसैगरी कप्तान लियोनल मेसी, जुलिअन अल्भारेज र जोआक्विन कोरेआले एक एक गोल गरे ।
खचाखच दर्शकले भरिएको मैदानमा अर्जेन्टिनाले पहिलो हाफमा ४ तथा दोस्रो हाफमा एक गोल थप गरेको थियो । खेलपछि अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले खेलाडी पूर्ण रुपमा फिट नभएको र केहि खेलाडी परिवर्तन हुने पक्का रहेको बताएका छन् ।
अर्जेन्टिनाले २२ नोभेम्बरमा साउदी अरेबियासँग खेल्दै विश्वकप सुरुआत गर्नेछ । समूह सी मा अर्जेन्टिना र साउदीसँगै मेक्सिको र पोल्यान्ड छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण