म्यानमारले पूर्वराजदूतसहित ६ हजार बन्दीलाई रिहा गर्ने
म्यानमारको सैन्य सरकारले बेलायतका पूर्वराजदूत, जापानी फिल्म निर्माता र देशका अपदस्थ नेताका एक अष्ट्रेलियाली सल्लाहकार सहित ६ हजार बन्दीहरूलाई रिहा गर्ने भएको छ।
पूर्वकूटनीतिज्ञ विक्की बोमन र टोरु कुबोटालाई यस वर्षको सुरुमा जेल पठाइएको थियो भने सन टर्नेललाई २०२१ को विद्रोहको लगत्तै हिरासतमा राखिएको थियो । म्यानमारको राष्ट्रिय दिवस मनाउनका लागि माफी दिइएको सेनाको जुन्ता सरकारले जनाएको छ ।
सेनाले सत्ता कब्जा गरेदेखि १६ हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । सेनाले सन् २०२१ को फेब्रुवरीमा लोकतान्त्रिक रूपमा निर्वाचित आङ सान सुकीको सरकारलाई अपदस्त गरेको थियो । त्यसपछि देशभर ठूलो विरोध र व्यापक प्रतिरोध आन्दोलन सुरु छ ।
बोमनले सन् २००२ र २००६ को बीचमा म्यानमारका लागि बेलायतको राजदूतको रूपमा काम गरेकी थिइन । गिरफ्तारीको समयमा उनले यांगुनमा रहेको म्यान्मार सेन्टर फर रेस्पोन्सिबल बिजनेस ९एमसीआरबी० चलाइरहेकी थिइन् ।
धाराप्रवाह वक्ता उनी म्यानमारको सानो अन्तर्राष्ट्रिय समुदायको एक प्रसिद्ध सदस्य हुन्। उनका पति हेइन लिन पूर्व राजनीतिक बन्दी हुन्। शान राज्यमा रहेको घरबाट सहर फर्किएपछि दम्पतीलाई पक्राउ गरिएको थियो। सैन्य अधिकारीहरूले उनीहरू दुवैलाई फरक स्थानमा बस्ने भनेर दर्ता गर्न असफल भएको आरोप लगाएका छन् ।
त्यस्तै टर्नेललाई सन् २०१२ को फेब्रुवरीमा यांगुनमा हिरासतमा राखिएको थियो। सेनाले कू शुरू गरेपछि उनलाई तीन वर्षको लागि जेल सजाय तोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण