जोर्डनविरुद्ध स्पेनको सहज जित
शुक्रबार, ०२ मङ्सिर २०७९, ०८ : ३२
कतार फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा स्पेनले जोर्डनलाई ३–१ ले पराजित गरेको छ । बिहीबार राति युवा खेलाडीलाई प्राथमिकतामा राखेको लुइस इन्रिकेको स्पेनले सहज जित निकालेको छ ।
स्पेनको जितमा अन्सु फाती, गावी र निको विलिअम्सले एक एक गोल गरेका थिए । जोर्डनका लागि इन्जुरी समयमा हाम्जा अल डाराडौरले एक गोल फर्काएका थिए ।
खेलको १३औं मिनेटमा फातीले अग्रता दिलाए । ५६औं मिनेटमा गावीले दोस्रो गोल गरेका थिए । निकोले खेलको ८४औं मिनेटमा गोल गर्दा स्पेन सहज जित निकाल्न सफल भयो ।
समूह इ मा स्पेनसहित कोस्टारिका, जर्मनी र जापान रहेका छन् । स्पेनले २२ नोभेम्बरमा कोस्टारिकासँग खेल्दै विश्वकप सुरु गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले सांसद राईले सभामुखलाई 'कान सुन्नुहुन्छ कि सुन्नुहुन्न' भनेपछि....
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण