आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

पक्राउ परेका उम्मेदवार दीपक निरौलाको दाबी–कांग्रेसले समाज आतंकित पार्न खोज्यो

शुक्रबार, ०२ मङ्सिर २०७९, २२ : ०७
शुक्रबार, ०२ मङ्सिर २०७९

मौन अवधिमा पैसा वितरण गरेको आरोपमा पक्राउ परेका एमाले उम्मेदवार दीपक निरौलाले कांग्रेसले समाजलाई आतंकित बनाउन खोजेको आरोप लगाएका छन् । प्रहरी नियन्त्रणमै रहेका उनले सामाजिक सञ्जालमार्फत बिरामी रहेका तोक्मान लामासँग कुराकानी गरिरहेका बेला अनावश्यक कुरा निकालेर आतंकित गर्न खोजिएको दाबी गरेका छन् । 

‘म क्यान्सर रोगबाट लामो समयदेखि बिरामी तोक्मान लामासँग कुराकानी गरिरहँदा अनावश्यक कुरा निकाली समाज आतङ्कित पार्ने कार्य नगरेको राम्रो हुन्छ’, उनले सामाजिक सञ्जलमार्फत भनेका छन् ।  आफू राजनैतिक प्राणी भएको र गैरराजनैतिक काम आफ्नो आदर्श नभएको निरौलाको जिकिर छ । उनले पैसा बाँडेको कुनै प्रमाण भए लिएर आउन पनि चुनौती दिएका छन् । 

शुक्रबार साँझ पैसा वितरण गर्न लागेको आरोपमा उनीसहित एमालेका कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप