आयोगले मुख्य निर्वाचन अधिकृतहरूलाई दियो ६ बुँदे निर्देशन
निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतसहित मातहतका निकायलाई ६ बुँदे निर्देशन दिएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन एक दिन मात्र बाँकी रहँदा आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई मतगणना र मतपरिणामसम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन ६ बुँदे निर्देशन जारी गरेको हो ।
यस्ता छन् निर्देशन
१, प्रत्येक मतगणनास्थलमा प्रेस कर्नरको स्थापना गरी पत्रकारहरूका लागि सूचना प्राप्तिका लागि सहज पहुँच उपलब्ध गराउने र सो कार्यका लागि सम्बन्धित निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत वा अन्य कुनै कर्मचारीलाई सूचना अधिकारी तोकी सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्ने ।
२, मतगणना कार्यको सुरुआतमा एकपटक वा पालो मिलाएर भिडियो तथा फोटो पत्रकारलाई गणनास्थलको दृश्य र तस्बिर लिन सक्ने गरी आवश्यक प्रबन्ध गर्ने ।
३, मतगणना कार्यको प्रत्येक घण्टामा प्राप्त मत परिणामलाई मतगणनामा रहेका कर्मचारी, दल, उम्मेदवार र प्रतिनिधिले एकीन गरी सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट गर्ने ।
४, मतगणना स्थलमा राजनीतिक दल र उमेदवारको सहमतिका आधारमा माइकिङ वा डिस्प्ले वा अन्य माध्यमबाट मत परिणामको सूचना उपलब्ध गराउने ।
५, निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको आधिकारिक मतपरिणामलाई सञ्चारमाध्यमले आफ्नो वेबपेज वा पोर्टलमा आबद्ध गर्न चाहेमा सोका लागि आयोगको परिणाम पोर्टलको लिङ्क (https://result.election.gov.np)लाई ‘इम्बिड’ गरी प्रकाशन गर्न सक्ने ।
६, मतगणनाबारे अधिकारिकता पुष्टि नगरी गलत सूचना प्रवाह नगर्न/नगराउन सबै सञ्चारमाध्यमहरूलाई आग्रह गर्ने ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण