शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदर्शनकारीद्वारा इरानमा आयतोल्लाह खोमेनीको घरमा आगजनी

शनिबार, ०३ मङ्सिर २०७९, ०८ : ४१
शनिबार, ०३ मङ्सिर २०७९

इरानमा प्रदर्शनकारीहरूले इस्लामिक गणतन्त्रका संस्थापक आयतोल्लाह रुहोल्लाह खोमेनीको पुर्ख्यौली  घरमा आगजनी गरेका छन्। सामाजिक सञ्जालमा शेयर गरिएका तस्बिरहरूमा खोमेन सहरमा रहेको यस भवनको एक भागमा आगो लागेको स्पष्ट देख्न सकिन्छ ।

समाचार एजेन्सीहरूले भिडियोको स्थान पुष्टि गरेका छन्, यद्यपि क्षेत्रीय प्रशासनले कुनै पनि आक्रमणको खण्डन गरेको छ। यही घरमा अयातोल्लाह खोमेनीको जन्म भएको र अहिले यसलाई सङ्ग्रहालयमा परिणत गरिएको बताइएको छ ।

खोमेनी इरानको १९७९ इस्लामिक क्रान्तिका नेता थिए, जसले पश्चिम समर्थक नेता शाह मोहम्मद रेजा पहलवीलाई अपदस्थ गरी इस्लामिक गणतन्त्रको सुरुवात गरेका थिए । उनी सन् १९८९ मा आफ्नो मृत्युसम्म इरानको सर्वोच्च नेता रहे। उनको निधनमा प्रत्येक वर्ष एकदिवसीय राष्ट्रिय शोक मनाइन्छ ।

सामाजिक सञ्जालमा खोमेनबाट आएको भिडियोमा दर्जनौँ मानिस उत्साहका साथ नारा लगाइरहेको देख्न सकिन्छ। यी भिडियोहरू बिहीबार साँझको भएको एक अभियन्ताको सञ्जालले जनाएको छ । यद्यपि, खोमेनको प्रेस कार्यालयले कुनै पनि प्रकारको आक्रमणको खण्डन गरेको छ।

अर्ध(आधिकारिक तस्निम समाचार एजेन्सीले भने कि केही व्यक्तिहरू घरबाहिर भेला भएको र घर पर्यटक र खोमेनी प्रशंसकहरूका लागि खुला छ भन्दै घरको भिडियो साझा गरेको छ ।  खोमेनीको पैतृक घरमा भएको आक्रमण इरानमा उनका उत्तराधिकारी अयातोल्लाह खामेनी र उनको सरकार विरुद्ध भइरहेको विरोध र घटनाहरूको शृङ्खला हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप