अर्घाखाँचीमा निर्वाचनको तयारी पूरा , ढुक्क भएर मतदान गर्न मुख्य निर्वाचन अधिकृतको आग्रह
अर्घाखाँचीमा निर्वाचनको लागि २०२ मतदान स्थलमा कर्मचारी, निर्वाचन सामग्री लिएर पुगेका छन् । भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय अर्घाखाँचीले जनाएको छ ।
मतदान केन्द्रमा अपाङ्गमैत्री, वृद्धवृद्धाहरु, असहाय, अशक्तहरुलाई सहजता हुने गरी निष्पक्ष रुपमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले शान्त, स्वच्छ, निष्पक्षका लागि गरेको अभियानको लागि सन्धिखर्कमा गरेको निर्वाचन लक्षित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत डा. श्रीकृष्ण भट्टराईले निर्वाचन स्वच्छ हुने बताउँदै निर्धक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।
‘निर्वाचन स्वच्छ हुन्छ, धाँधली हुन्छ भन्ने कल्पना नगर्दा हुन्छ, जिल्लाका राजनीतिक दलसहित सबै सचेत छन, मतदाताले निर्धक्क मत हान्न जान मतदान केन्द्रमा पुग्न आग्रह गरेका छन्।’
निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कर्माचारी, जनपथ र म्यादी गरी दुई हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए । ‘निर्वाचन स्वच्छ हुन्छ, राज्य संयन्त्रले सबै तयारी पुरा गरेको छ, मतदान स्थलमा समस्या आएमा १५ मिनेट भित्रमा नेपाली सेना, शशस्त्र प्रहरी मतदान स्थलमा पुग्ने गरी तयारी पूर्ण छ, मतदाताले ढुक्क भएर बस्न आग्रह प्रजीअ घिमिरेले गरेका छन् । यस्तै १ हजार ६ सय १८ जना कर्मचारी खटिने छन् ।
एउटा प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा रहेको जिल्लामा कर्मचारी व्यवस्थापन, निर्वाचन सामग्री प्याकिङ, सवारी साधनको व्यवस्था लगायतका काम पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । ३ नगरपालिका र ३ गाउँपालिका गरी ६ स्थानीय तह रहेको जिल्लामा ९७ मतदानस्थल, २ सय २ मतदान केन्द्र र १ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । एकवटा अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कारागारमा रहेका कैंदीले मताधिकार प्रयोग गर्ने छन् । कर्मचारी, सुरक्षाकर्मी र कैदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ ।
आसन्न निर्वाचनमा अर्घाखाँचीका एक लाख ६४ हजार सात सय ७८ मतदाताले मताधिकार उपयोग गर्ने छन् । कार्यक्रम रिपोर्टस क्लब लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता, पत्रकार नविन केसीको सञ्चालनमा सम्पन्न भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण