बर्दियाको एक मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला
शनिबार, ०३ मङ्सिर २०७९, १२ : ००

बर्दियाको एक मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला खटिएका छन् । गुलरिया नगरपालिका–८ महाकवि देवकोटा माविमा महिला मात्रै कार्यरत रहेको नमूना मतदान केन्द्रका मतदान अधिकृत रेविका अमात्यले जानकारी दिइन्।
“मतदान केन्द्र र स्थलमा गरी अधिकृतसहित २४ कर्मचारी र सुरक्षाका लागि १४ महिला सुरक्षाकर्मी खटिनु भएको छ,” उनले भनिन् । जिल्लामा करिब तीन हजार पाँच सय सुरक्षाकर्मी र झन्डै तीन हजार कर्मचारी खटिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको भनाइ छ ।
जिल्लामा कूल तीन लाख १५ हजार दुई सय ८४ मतदाता छन् । जिल्लामा एक सय ५४ मतदानस्थल र तीन सय ७६ मतदान केन्द्र छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा जम्मू र पठानकोटमा ड्रोन आक्रमण : भारत
-
जम्मूलाई लक्षित गर्दै पाकिस्तानकाे गाेलाबारुद, भारतीय वायु रक्षाकाे जवाफी फायरिङ
-
भारतको जम्मुस्थित विमानस्थलमा विस्फोट
-
अटोरिक्साको ठक्करबाट बालकको मृत्यु
-
नक्कली नोटसहित हेटौँडाबाट एक जना पक्राउ
-
अशोक सिंह विष्टसहितका नेविसंघका ६ जना नेता निष्कासित