यी हुन् मतपत्र बदर हुन सक्ने सात अवस्था
आइतबार, ०४ मङ्सिर २०७९, ०६ : ०८
आज प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले आम निर्वाचनका क्रममा मतपत्र बदर हुन नदिन मतदाता शिक्षामा समेत जोड दिएको थियो । निर्वाचनको पूर्वसन्ध्यामा मतपत्र बदर हुने अवस्था उल्लेख गर्दै आयोगले मतदाता शिक्षामा जोड दिन जरुरी रहेको बताएको छ ।
मतपत्र बदर हुन सक्ने सात अवस्था
१, दुई वटा निर्वाचन चिन्ह रहेको कोठाको बीचमा पर्ने गरी मत संकेत गरेमा मतपत्र बदर हुन सक्दछ ।
२, एकभन्दा बढी निर्वाचन चिन्हमा मत संकेत गरेमा
३, स्वस्तिक छाप नबुझिने गरी मत संकेत गरेमा
४, मतपत्रमा स्वस्तिक छापको सट्टा औँठा छाप वा अन्य छाप वा संकेत प्रयोग गरेमा
५, कोठा भन्दा बाहिर स्वस्तिक छाप लगाएमा
६, मतपत्र च्यातिएमा
७, मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण