बेन्जेमा विश्वकपबाट बाहिर
फ्रान्सका स्ट्राइकर करिम बेन्जेमा कतारमा आयोजना हुने विश्वकपबाट बाहिरिएका छन् । प्रशिक्षणका दौरान उनको खुट्टामा चोट लागेपछि उनले प्रतियोगितामा सहभागिता जनाउन नपाउने भएका हुन् ।
सन् २०२२ को बालोन डि’ओर विजेता बेन्जेमालाई गुमाउँदै साबिक विजेता फ्रान्सलाई प्रतियोगिताको सुरुमा नै ठुलो झट्का लागेको छ । फ्रान्सको राष्ट्रिय टोलीले उनको खुट्टाको फिलाको मांशपेसीमा चोट लागेको र उनलाई निको हुन तीन हप्ता लाग्ने जानकारी दिएको छ । टोलीले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
मुख्य प्रशिक्षक डिडिएर डेस्च्याम्पले सोमबारसम्म उनको स्थानमा नयाँ खेलाडीलाई छनोट गर्नुपर्नेछ । बेन्जेमाले फ्रान्सका लागि उनले ९७ खलमा ३७ गोल गरेका छन् । फ्रान्सले यसअघि पाउल पोग्बा र एनगोलो कान्टेलाई गुमाइसकेको छ भने राफायल भरान पनि चोटबाट मुक्त हुन संघर्षरत छन् ।
फ्रान्स विश्वकपको समूह डीमा रहेको छ । टोलीले पहिलो खेल नोभेम्बर २२ का दिन अस्ट्रेलियाविरुद्ध खेल्नेछ । समूहमा डेनमार्क र ट्युनिसिया पनि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि अमेरिकी आक्रमणपछि बढ्यो कच्चा तेलको मूल्य
-
रुसद्वारा एक सातामै तेस्रोपटक किभमा क्षेप्यास्त्र आक्रमण
-
जेनजी आन्दोलनमा भएको तोडफोडपछि खण्डहर बन्दै सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तस्बिरहरू)
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कराँची तट नजिक सम्पर्कविहीन कार्गो विमानको खोजी जारी
-
अमेरिकाद्वारा इरानमा व्यापक हवाई हमला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण