विवादित टापुमा जापान–चीन तनाव
टोकियो । जापानले विवादित सेन्काकु टापुनजिक आफ्नो दाबीको समुद्री क्षेत्रमा प्रवेश गरेका दुई चिनियाँ तटरक्षक जहाजलाई बाहिरिन बाध्य पारेको जनाएको छ । जापानी तटरक्षकका अनुसार चिनियाँ जहाजहरू जापानी माछा मार्ने डुङ्गातर्फ अघि बढेपछि उनीहरूलाई तत्काल क्षेत्र छाड्न निर्देशन दिइएको थियो ।
यो पछिल्लो घटनाले पूर्वी चीन सागरमा जापान र चीनबीचको समुद्री तनाव फेरि चर्किएको छ । जापानी तटरक्षकले जारी गरेको विज्ञप्ति अनुसार चिनियाँ जहाजहरूलाई पटक–पटक चेतावनी दिएपछि उनीहरूले मङ्गलवार बिहान ९:२० बजेभित्र जापानले आफ्नो क्षेत्रीय जलका रूपमा दाबी गरेको समुद्री क्षेत्र छाडेका थिए । जापानी माछा मार्ने जहाजको सुरक्षा सुनिश्चित गर्न तटरक्षकका अतिरिक्त जहाज पनि परिचालन गरिएको छ ।
सुरुमा चार चिनियाँ तटरक्षक जहाजले विवादित क्षेत्र वरिपरि गस्ती गरिरहेका थिए, जसमध्ये दुई जहाज जापानी दाबीको जलक्षेत्रमा प्रवेश गरेका थिए । जापानले उक्त गतिविधिलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भन्दै भविष्यमा पनि शान्त तर दृढ रूपमा आफ्नो क्षेत्रीय जलको सुरक्षा गरिरहने स्पष्ट पारेको छ ।
ताइवान र जापानको ओकिनावाबीच अवस्थित सेन्काकु टापु चीनमा दियाओयु नामले चिनिन्छ र यही टापुको स्वामित्वलाई लिएर जापान र चीनबीच लामो समयदेखि क्षेत्रीय विवाद जारी छ । चीनले नियमित रूपमा उक्त क्षेत्रमा आफ्ना तटरक्षक जहाज परिचालन गर्दै आएकाले जापानी सुरक्षा निकायसँग पटक–पटक समुद्री तनाव सिर्जना हुने गरेको हो ।
जापानी अधिकारीहरूका अनुसार चिनियाँ जहाजले यसअघि जुन १० मा पनि जापानले आफ्नो क्षेत्र मानेको जलक्षेत्रमा प्रवेश गरेका थिए, तर यस पटक जापानी माछा मार्ने डुङ्गाको यति नजिक पुग्नु भने असामान्य घटना हो । पूर्वी चीन सागरका अन्य विवादित क्षेत्रमा पनि चीनले नियमित रूपमा जहाज परिचालन गर्दै आएको जापानको आरोप छ र ती क्षेत्रमा तेल तथा प्राकृतिक ग्यास जस्ता ऊर्जा स्रोतको सम्भावित भण्डार रहेको विश्वास गरिन्छ ।
दुई देशबीचको सम्बन्ध पछिल्ला महिनामा थप संवेदनशील बनेको छ । जापानी प्रधानमन्त्री सानाए ताकाइचीले गत नोभेम्बरमा ताइवानको सुरक्षा अवस्थाबारे अभिव्यक्ति दिएपछि बेइजिङले त्यसप्रति कडा असहमति जनाएको थियो । त्यसयता चीनले आफ्ना नागरिकलाई जापान भ्रमण नगर्न आग्रह गर्नुका साथै केही जापानी कम्पनीमाथि व्यापारिक प्रतिबन्ध समेत कडा बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी काण्डबारे लेखा समितिमा उठ्यो प्रश्न, फाइल र कागजात झिकाएर छानबिन गर्न सांसदहरूको माग
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण