मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

तनहुँको पुट्टारमा मतदान सुरु हुन सकेन

आइतबार, ०४ मङ्सिर २०७९, ०९ : २१
आइतबार, ०४ मङ्सिर २०७९

एमाले कार्यकर्ता पक्राउ  परेपछि तनहुँ घिरिङ-१ पुट्टारको कृष्ण मावि मतदान केन्द्रमा मतदान सुरू हुन सकेको छैन । 

शनिबार घिरिङमा एमाले र कांग्रेस कार्यकर्ताबीच झगडा हुँदा दुई जना एमाले कार्यकर्ता पक्राउ परेका थिए ।  उनीहरूको रिहाइको माग गर्दै मतदान रोकिएको एमाले नेता विष्णुभक्त सिग्देलका बताए । 

'सत्ताको पहुँच देखाउँदै एमाले कार्यकर्ता मात्र पक्राउ गरियो । उहाँहरूको रिहाइ नभइ मतदान सुरू हुन दिन्नैं' सिग्देलले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप