यो चुनावले गणतन्त्र लिकमा आएको छ : भुसाल
नेकपा एमाले परित्याग गरी रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले रुपन्देहीको तिलोत्तमा वडा नं. ९ को गौतमबुद्ध आदर्श सिसुसदन आधारभूत विद्यालयबाट मतदान गरेका छन । उनी सोही वडाबासी हुन् ।
सत्तारुढ गठबन्धनको समेत सर्मथनमा त्रिभुज चुनाव चिन्ह लिएर निर्वाचन लडेका भुसालका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका सचिव छविलाल विक हुन् । बिकले पनि बुटवल वडा नं. ११ बाट मतदान गरेका छन् ।
मतदानपछि प्रतिक्रिया दिँदै भुसालले भने, ‘आजको चुनावले हाम्रो संविधान र संघीय गणतन्त्र लिकमा आएको छ । संघीय गणतान्त्रिक नेपालको यो दोस्रो चुनावले हामीलाई अझ बलियो बनाउने छ ।’ नेता भुसालले आफ्नो जित हुने विश्वास ब्यक्त गरे ।
बिक र भुसालबीच निकै कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । एमाले परित्याग गरेका भुसालले इमान्दार एमाले कार्यकर्ताको भोट आफूले पाउने विश्वास ब्यक्त गरे । नेता विकले पनि आफ्नो जित सुनिश्चित भएको बताउदै आएका छन् । रुपन्देही १ को निर्वाचनलाइै निक चासोका साथ हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
-
वीरगन्ज भन्सारद्वारा गत आवमा साढे दुई खर्ब राजस्व सङ्कलन
-
सिन्धुलीगढी, युद्धसङ्ग्रहालय र कृष्णविक्रम थापा
-
उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण