बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

यो चुनावले गणतन्त्र लिकमा आएको छ : भुसाल

आइतबार, ०४ मङ्सिर २०७९, १२ : ०९
आइतबार, ०४ मङ्सिर २०७९

नेकपा एमाले परित्याग गरी रुपन्देही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले रुपन्देहीको तिलोत्तमा वडा नं. ९ को गौतमबुद्ध आदर्श सिसुसदन आधारभूत विद्यालयबाट मतदान गरेका छन । उनी सोही वडाबासी हुन् । 

सत्तारुढ गठबन्धनको समेत सर्मथनमा त्रिभुज चुनाव चिन्ह लिएर निर्वाचन लडेका भुसालका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका सचिव छविलाल विक हुन् । बिकले पनि बुटवल वडा नं. ११ बाट मतदान गरेका छन् । 

मतदानपछि प्रतिक्रिया दिँदै भुसालले भने, ‘आजको चुनावले हाम्रो संविधान र संघीय गणतन्त्र लिकमा आएको छ । संघीय गणतान्त्रिक नेपालको यो दोस्रो चुनावले हामीलाई अझ बलियो बनाउने छ ।’ नेता भुसालले आफ्नो जित हुने विश्वास ब्यक्त गरे । 

बिक र भुसालबीच निकै कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ । एमाले परित्याग गरेका भुसालले इमान्दार एमाले कार्यकर्ताको भोट आफूले पाउने विश्वास ब्यक्त गरे । नेता विकले पनि आफ्नो जित सुनिश्चित भएको बताउदै आएका छन् । रुपन्देही १ को निर्वाचनलाइै निक चासोका साथ हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप